लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

लागू औषधको रुपमा प्रयोग गर्नका लागि दाङबाट ल्याएको ९० वटा क्याप्सुल सहित ३ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङबाट जीपमा लागू औषध ल्याउने चालक तथा उक्त लागू औषध मगाउने दुई जनालाई सल्यानको त्रिवेणी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार दिउँसो दाङको तुलसीपुरदेखि जयचौर जाने रा १ ज ५०८ नम्बरको डबल क्याप जिपका चालक बालकृष्ण बि.क.ले लागू औषध ल्याएको भन्ने सूचना पाएको प्रहरीले चालक तथा मोटरसाईकलमा आएर चालकबाट लागू औषध लिइसकेका त्रिबेणी गाउँपालिका वडा नं. ६ बस्ने करण कवर र शारदा नगरपालिका वडा नं. १ श्रीनगर बस्ने शरण श्रेष्ठलाई पक्राउ गरेको हो ।

हरियो रङको ९ वटा पत्ताको पछाडीतिर ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५०० एमजी’ लेखिएको ९० वटा क्याप्सुल सहित उनीहरुलाई त्रिवेणी ६ को भाण्टाखोलाबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

करण र बालकृष्णलाई प्रहरीले राप्ती राजमार्ग स्थित भाण्टाखोलाबाट नै पक्राउ गरेको थियो भने तत्काल घटनास्थलबाट भागेका शरणलाई लुहाम बजारको एक होटलको शौचालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले जनाए । पक्राउ परेका उनीहरुमाथी ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी

लागू औषधको रुपमा प्रयोग गर्न ल्याएको ९० क्याप्सुल सहित तीनजना पक्राउ

हात्तीबाट जोगाउन साइरनको व्यवस्था