सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा पञ्चपुरी सालकोटलाइ बेवि वार्मर


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाको ३१ औं वार्षिक उत्सवको अवसरमा पञ्चपुरी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
संस्थाले पञ्चपुरी नगरपालिका–२ स्थित स्वास्थ्य केन्द्रलाई दुई थान ‘बेवी वार्मर’ सहयोग गरेको हो । शनिवार एक कार्यक्रमकाबिच पञ्चपुरी नगरपालिका–२ का वडा अध्यक्ष याम बहादुर विसी, स्वास्थ्य केन्द्र प्रमुख डा. जयन्तकुमार साहु लगायतको उपस्थितीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख राकेश विसी र कर्मचारी दिनेश चन्दले स्वास्थ्य सामागी्र हस्तान्तरण गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डा. जयन्त कुमार साहुले सुर्खेतको पश्चिम क्षेत्र तथा अछाम जिल्ला समेतका सेवाग्राहीलाई सहयोग हुने जनाए । सहयोग भएको स्वास्थ्य सामाग्री अति नै आवश्यक रेहेको उनले जनाए । वडा अध्यक्ष विसीले स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिए ।






