लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप


नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ । लिमी जानका लागि नारा लेखबाट पैदल बाटो खुल्दा भ्याक्सिन लिमीको स्वास्थ्य चौकीमा पुगेपछि खोप लगाउने कार्य सुरु भएको हो ।

लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले बुधबार स्वास्थ्य चौकीमा जम्मा भएका नौ महिनादेखि पाँच वर्ष मुनीका १२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने कार्य भएको बताए ।

लिमी जाने चार हजार ६ सय मिटर अग्लो नारा लेकको बाटो खुलेपछि गाउँपालिकाको कार्यालय सहयोगीले भ्याक्सिन बोकेर लिमी पु¥याएपछि खोप लगाउन सम्भव भएको हो ।

लिमीका तीन गाउँ तीलमा एक, हल्जीमा ११ र जाङ गाउँमा एक जना गरेर १३ जना बालबालिका रहेका थिए । उनले यी मध्य तील गाउँको एक जना बाहेक अन्य १२ जना बालबालिकालाई खोप लगाउने कार्य पुरा भएको बताए ।

बिहीबार खोप लगाइएका बालबालिकामा नौ जना बालक र तीन जना बालिका रहेका छन् । अब तील गाउँका एक जना बालकलाई भने बिहीबार खोप लगाउने कार्य हुनेछ । अन्य नियमित खोपसमेत ६ महिनापछि लिमीमा लगाइएको छ । हुम्ला जिल्लामा फागुन १६ गतेदेखि २५ गतेसम्म खोप लगाइएको थियो । नाम्खा गाउँपालिका अन्य पाँच वटा वडामा भने चैत १ गतेबाट ७ गतेसम्म लगाइएको थियो ।

लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप

एमाले हुम्लाको जिल्ला अधिवेशन एक दिनपछि स¥यो

लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप

तरकारी हब बनाउन बीउ सहयोग

This will close in 0 seconds