विदेशबाट फर्किएर मौरीपालन


तीन बर्ष विदेशमा पसिना चुहाए । विदेशमा १२ घण्टा काम गर्नुपथ्र्यो । २० मिनेट नास्ता खाने समय छुट्याईएको थियो । छिटो–छिटो जास्ता खाएर काममा फर्किनु पथ्र्यो । आफुले विदेशमा गरेको मेहेनत नेपाल गर्न पाए हुन्थ्र्याे लाग्यो र आफ्नै देशमा फर्केर केहि गर्ने सोच पनि गरे । वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर, सुर्खेतका लिलाराम ढकालले मलेसियामा तीन बर्ष काम गरेर दिन कटाएका थिए ।
उनलाई विदेशको सिकाई नेपालमा पनि गर्न मन लाग्यो । नेपालमा यो काम गरे हाम्रो नेपाल पनि केहि परिर्वतन त होला ? यस्तै कुरा उनको मनमा लाग्न थाल्यो । उनी नेपाल फर्किएपछि मौरीपालन गर्ने सोच गरे र मौरीपालन गर्न थाले पनि । उनले वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरमा ‘कृषि मौरी फर्म नित्यस’ सञ्चालन गर्दै आएका छन् ।
मौरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनले बताएका छन्, भने मौरी पालन व्यवसायमा आफु सफल भएको पनि उनले बताए । लिलाराम ढकाल नेपाल मौरीपालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष पनि हुन् । उनले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यवसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गरेका छन् । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उनले त्यहाँको सिकाई नेपाल फर्किएर शुरु गरेको मौरीपालन व्यवसायबाट मौरी, मह र मौरीघार विक्री गरेर मासिक एक लाख आम्दानी गर्दै आएका छन् ।
तीन बर्षको समय बिताएर फर्किएका ढकाल अहिले गाउँमै मौरीपालन व्यवसायमा रमाएका छन् । ढकालले विदेशबाट फर्किएर २०६५ साल देखि २० वटा घारबाट मौरीपालन व्यवसाय शुरु गरेका थिए । २०६५ सालदेखि नै मौरीपालन सँगै उनले च्याउँ, गड्यौला पनि उत्पादन गर्ने गरेका छन् ।
२०७३ सालदेखि मौरीघार बनाउन थालेको उनले बताए । मौरीघार बनाउनको लागि दुई जना कर्मचारी समेत उनले राखेका छन् । मौरीघार बनाउनको लागि कृषि विकास निर्देशनालयले अनुदान स्वरुप ४ लाख रुपैयाँ दिएको उनले जानकारी दिए ।
उनले भने, ‘नेपाल सरकारको खेर गएको सम्पत्ति सदुपयोग गरेको हँु । यसमा हामी नलागेको भए यसको सदुपयोग कसरी हुने थियो र ? जसले गर्दा हाम्रो देशलाई पनि सहयोग पुगेको छ । कृषकका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले केहि व्यवस्थापन गर्ने वातावरण मिलाइदिएको भए हुथ्यो ।’ उनले अहिले १ सय वटा घारमा मौरीपालन गरेर मह उत्पादन भइरहेको बताए । उनले भने, ‘विदेश होइन, गर्न सक्ने हो भने हामीले आफ्नै गाउँघरमा मनग्य कमाउन सक्छौँ ।’
एउटा घारबाट २५ किलो मह उत्पादन

एउटा घारबाट २५ किलो मह उत्पादन भएको उनले दाबी गरे । उनले प्रतिकेजी ७ सयमा मह विक्री गरेको जानकारी दिए । यस्तै ढकालले घर बाटै प्रतिकेजी ९ हजार रुपैयाँको दरमा मौरी सहितको घार विक्री गर्दै आएको बताए ।
विगत १५ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक ढकालले मौसम अनुकूल र मौरीले राम्रोसँग मह उत्पादन गरे राम्रो आम्दानी हुने गरेको बताए । आफुले उत्पादन गरेको मह विशेषगरी सुर्खेत जिल्लामै विक्रि वितरण गर्ने गरेको बताए ।
प्राय जसो १÷२ केजी लिनको लागि ग्राहक घरमै आउने गरेको उनले बताए । यदि ५ केजी भन्दा माथि लिनु पर्यो भने आफुले नै घरमा लगिदिने सुविधा रहेको उनले जानकारी दिए ।
उनले भने, ‘पहिला काठमाडौं, पोखरासम्म जाने गरेको थियो तर अहिले जादैन्, यहिका नागरिकले नै लिने गरेका छन् । अझ पु¥याउन सकिएको छैन् । चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण मह उत्पादन घट्दै जाने हुन्छ ।
विकास निर्माणका क्रममा स्थानीय वनजङ्गलमा बोटबिरुवा नास हुँदै जाँदा मौरी चराउन विभिन्न ठाउँ जानुपर्छ ।’
मौरी चराउनको लागि फर्म भन्दा टाढा लग्ने र आप, तोरी, फुलहरुमा डुलाउने गरेको उनले बताए । गुणस्तरिय रानीको विकाससँगै चरनक्षेत्रको विस्तार गर्ने हो भने महको उत्पादन बढाउन सकिने उनको भनाई छ । यसैगरी गुणस्तरिय बनाउनका लागि दुई बर्षमा रानी परिवर्तन गर्ने गरेको पनि उनले जानकारी दिए ।
सेतो घार चिनिहालेको मह भन्ने गर्छन् तर त्यो होईन्

कतिपयले सेतो घारलाई चिनि हालेको मह भन्ने गरेको देखिन्छ यसमा ग्राहकले नबुझेर पनि होला । खासमा हामीले वर्खायाममा बचाउनको लागि चिनि हाल्ले गरेका हुन्छौ । मौरीपालनमा त्यति ठुलो लगानी पनि छैन् ।
उनले भने, ‘मैले ८० हजार रुपैयाँ लगानी गरेर मौरीपालन व्यवसाय शुरु गरेको हुँ । नेपालीमा धैर्यता गर्ने बानी छैन्, तर हामी धैर्यता गर्न सकेमा सफल भईन्छ । नेपालमा तुरुन्त लाग्ने चिज छ रक्सी तुरुन्त लाग्छ हो हामी यस्कै पछि लाग्छौँ । मह भनेको पछि लाग्छ जब हामी खाँदै जान्छौँ । व्यवसाय पनि त्यहि हो । त्यसैले धैर्यता गर्न सिकौँ ।’
विषेशगरी दुलाएर बेच्ने महले गर्दा पनि गुणस्तरिय महलाई ग्राहकले चिन्न नसकेको उनले बताए । दुलाएर बेच्ने महलाई नियन्त्रण गर्न उनले आग्रह गरे । त्यस्तै प्रदेश सरकारसँग कर्णालीमा मौरीपालनमा आवद्ध भएका कृषकको संख्या के, कति छ ? कति मौरीपालनका कृषक बढे वा घटे भनेर गणना गर्न समेत माग गरेको बताए ।
६ वर्ष अगाडी कर्णालीमा १० हजार किसान मौरी पालनमा आवद्ध रहेको कृषक तथा नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालले जानकारी दिए । अहिले सुर्खेतमा मात्र २५ जना किसान मौरीपालनमा आवद्ध भएको उनले बताए । मौरीपालक किसानको क्षमतामा अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाउने जानकारी उनले दिए ।







