‘राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा जनशक्ति बिदेशिने अवस्था रोक्न नसके राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने बताए । एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलहरुको असफल हुने उनीहरुको कमजोरीले एमाले समेतले दोष खेप्नु परेको उनले टिप्पणी गरे ।

भारतीय नाकाबन्दी जस्ता कठिनाईको बेला नागरिकहरुमा भरोसा जनाउने र देश स्वाभिमान बढाउने काम गरेको बताउँदै महासचिव पोखरेलले नेकपा एमालेले सत्ता सञ्चालन अवसर पाए मध्यपहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, हुलाक राजमार्ग, ठूला विद्युतीकरण लगायतका राष्ट्रिय गौरबको आयोजना प्राथमिकता राख्ने बताए ।

नेकपा एमालेका सचिव लेखराज भट्टले पुराना मतभेदलाई त्यागी पार्टीलाई सुदृढ र संगठित बनाउन अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेता कार्यकर्ताहरुसंग आग्रह गरे । उनले सर्वसम्मत हुन नसके लोकतान्त्रिक पद्धतिबाट स्वस्थ प्रतिस्पर्धाबाट जिल्ला नेतृत्व चयन गर्न पनि पार्टीको विधान सम्मत हुने बताए ।

त्यसैगरी नेकपा एमाले पोलिटव्यूरो सदस्य यामलाल कँडेलले देशको कम्यूनिष्ट आन्दोलनलाई संगठित गर्ने क्षमता राख्ने एमाले मात्र भएको बताए । नीति, विधि, विचारका आधारमा राम्रो भएको बेला गुठबन्दीलाई महत्व दिए संगठन सकिने अवस्था आउन सक्ने समस्या औल्याए ।

नेकपा एमाले दैलेखका कार्यवहाक जिल्ला अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षमा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, अनेमसंघका केन्द्रीय सचिव मीनासिंह रखाल, पार्टीका जिल्ला सचिव तिलक रिजाल, सहसचिव गंगाराम दाहाल लगायतले जिल्लाको राजनीतिक इतिहाँस र एमालेको सांगठनिक अवस्था विषयमा बोलेका थिए । उद्घाटन कार्यक्रम शनिवार सकिएको, आईतवार बन्दशत्र र सोमबार चाहिँ एक सय तीन जनाको जिल्ला नेतृत्व चयन गर्ने बताइएको छ ।

‘राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने’

स्टेशनरी व्यवसायीको कर्णाली अध्यक्षमा नेपाल