कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह अन्तिम चरणमा


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । गत भदौ २३ गते हुने भनिएको दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको थियो । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्री एक्कासि नआउने भएपछि जुम्ला पुगेका पाहुनाहरू निराश बनेका थिए । सडक देखि सदन सम्मान चौतर्फी तिव्र आलोचना भइरहेको थियो ।
आउदो कात्तिक २८ गते( बुधबार)हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको अन्तिम चरणमा पुगेको हो । उपकुलपति डा. मंगल रावलका अनुसार दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा लगायतको टोली सहभागी हुनेछन् ।
रावलले कार्यक्रमका लागि मञ्च बनाउने बाकी छ, अन्य सबै तयारी सकिएको छ । दीक्षान्त समारोहमा अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङ क्रिष्टिन मसेंगरसमेत आउने कार्यक्रम छ । प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतका अनुसार प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नात्तकोत्तर तहका गरी कुल ५८ जना विद्यार्थी दीक्षित हुन योग्य छन् ।
जसमध्ये २७ जनाले दीक्षित हुनका लागि फारम भरेको महतले बताए । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना उत्तीर्ण भएका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीकले बताए ।
ओलीले दीक्षान्त समारोहमा संगै शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ । समारोहका लागि स्वास्थ्यमन्त्री अघिल्लो दिन जुम्ला आइपुग्ने र प्रधानमन्त्री ओली दीक्षान्त समारोहकै दिने सहभागी भएर उक्त दिन प्रस्थान हुने रजिस्ट्रार महत बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको कार्य गरिरहेको छ । दीक्षान्त समारोहपछि प्रतिष्ठानको सिनेट बैठकसमेत बस्ने उपकुलपति डा. रावलले बताए ।






