वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन


कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोले पाँच दिन देखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।

सडक डिभिजन जुम्ला,हेभी इक्वीपमेन्ट डिभिजन नेपालगन्ज र सडक डिभिजन सुर्खेतबाट खटाइएका जनशक्ति र हेवी बेक्रर,स्काभेटर,लगायतका साधन प्रयोग गरि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए । उनका अनुसार अवरुद्ध राजमार्ग मङ्गलवार दिउँसो २ः१५ बजेबाट एक तर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र अन्तर्गत दहिखोला–मान्मा सडक खण्डमा अविरल वर्षाको कारण पहिरोसँगै लेदो र ठुलठुला ढुङ्गा खसेर राजमार्ग पूर्ण अवरुद्ध थियो । जसका कारण सयौँ सवारी तथा यात्रुहरू अलपत्र परेका थिए ।

यात्रुले पाएको कष्टलाई मध्यनजर गर्दै सडक डिभिजनले वर्षात रोकिने बित्तिकै सोमबारदेखि पहिरो पन्छाउन सुरु गरेको थियो । रातदिन नभनी पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा ल्याउन सफल भएको डिभिजन प्रमुख मण्डलले जानकारी दिए ।

एक तर्फी सडक खुलेसँगै साना सवारी सञ्चालनमा आएका छन् । पाँचदेखि अलपत्र यात्रुहरू सडक खुलेपछि उत्साहित भएका छन् । भने पहिरो पन्छाउने कार्यलाई सडक डिभिजनले जारी राखेको छ ।

साथै अवरुद्ध सडक खोल्न सहयोग गर्नु हुने तथा सम्पूर्ण सहयोगी निकाय तथा धैर्य गर्ने आमा नागरिकलाई सडक डिभिजन जुम्लाले धन्यवाद ज्ञापन गरेको छ ।

वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन

शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक

वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन

सल्यानमा टमाटरको मूल्य यो वर्षकै उच्च, प्रतिकिलो

This will close in 0 seconds