एक लघुवित्तका हाकिमलाई कालोमोसो

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको एक लघुवित्तका हाकिमलाई कालोमोसो दलेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई बिहीबार तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् ।

प्रहरीले मासो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका– ८ का १६ वर्षीय सन्दीप विक रहेका छन् ।

क्रान्तिकारी युवा संगठनको प्रदेश संयोजक प्रकाश शर्माले संस्थाले असुल गरिसकेको रकम सदस्यहरूसँग पटक–पटक माग्ने तथा यातना दिने, रकम असुलीको नाममा जनतालाई त्रसित गरी घरवार छोड्न बाध्य पारेको, रकम दिन नसक्ने महिलाहरू माथि हातपात गर्ने, चरित्र हत्या गर्ने खालको गतिविधि गरेको लगायतका कारण कारबाही गरिएको बताएका छन् ।

एक लघुवित्तका हाकिमलाई कालोमोसो

जिम्मेवारी विहिन कर्मचारी, शैक्षिक गतिविधि ठप्प

एक लघुवित्तका हाकिमलाई कालोमोसो

YUGAAWHAN NATIONAL DAILY (2080-10-26)