कर्णाली प्रदेश लोकसेवा आयोगमा खुल्यो जागिर

प्रदेश लोक सेवा आयोग कर्णालीले प्रशासन, लेखा, लेखापरीक्षक र लेखा सहायक पदका लागि लिखित परीक्षाको दरखास्त मागेको छ ।
मंगलवार सूचना प्रकाशित गरी कर्णाली लोकसेवाले आगामी माग १५ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन आह्वान गरेको हो । दोब्बर दस्तुर तिरेर माग २२ गतेसम्म दरखास्त दिन सकिने प्रकाशित सूचनामा उल्लेख छ ।
यो प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको प्राथमिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने जनाएको छ । पाँचौ तहका लागि २४ जनाको पदपूर्ति गर्न कर्णाली लोक सेवाले आउँदो चैत २ गते पहिलो चरणको लिखित परीक्षा लिने मिति तय गरेको छ । कर्णाली लोकसेवाले आफ्नो वेबसाइटमा बढुवा हुनेको सूचना समेत प्रकाशित गरेको छ । थप विवरणः







