सफल महिला उद्यमी रविना, पाउरोटी बेचेर वार्षिक दस लाख आम्दानी

जुम्लाको पातारासी गाउँपालिका–३ हुरी गाउँकी २९ वर्षिया रविना बुढा मगर व्यावसायिक रुपमा पाउरोटी उद्योग संचालन गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकि छिन ।

तीन वर्षदेखि यो पेशामा लागेकी उनले पाउरोटी उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक दस लाख रुपैयाँ बचत गर्न सफल भएकि छिन । उनको जुम्लाको सदरमुकाम खलंगा भित्रपर्ने चन्दननाथ नगरपालिका–५ कालेखोलीमा सन्देश एण्ड जनेश पाउरोटी उद्योग छ ।

उनले चार जनालाई अहिले दस हजार,प्रन्ध र बीस हजार पारिश्रमिक दिन्छन्।उनले ताजा पाउरोटी प्रतिकेजी ५० ब्रेट प्रतिकेजी ५०,क्रिमरोल प्रतिकेजी ५० र चाउमिन प्रतिकेजी एक सय २० रुपैयाँमा बिक्री गदै आएकी छिन् । चार सय बर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएको बताउँछिन् ।


बार्षिक २४ हजार भाडा तिर्छन् । उनलाई पति डिलबहादुर बुढाको राम्रोसाथ पनि छ । उनी भन्छन् । धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानेगर्नुे हुन्छ त्यो भन्दा आफनै गाउँ ठाउँमा थोरै लगानीमा यस्ता आयआर्जन मुलक व्यवसाय गरे यही आत्मनिर्भर हुन सकिन्छ । आफूभित्रको आत्मविश्वास, इच्छाशक्ति, क्रियाशिलता र निरन्तर मेहनत उनको सफलताका कारक हुन् । रविना कक्षा १० सम्म मात्रै पढेँकि हुन् । पाउरोटीको व्यवसायिक जिम्मेवारी उनकै काँधमा छ । प्रतिष्पर्धात्मक बजारमा महिलाका लागि मार्केटिङ व्यवसाय अझ कठिन मानिन्छ ।

तर, त्यही कठिन व्यवसायभित्र छिरेर गर्वका साथ पाउरोटीको मार्केटिङ व्यवसायमा प्रतिष्पर्धा गर्ने उनी एक्ली महिला मार्केटर पनि हुन् । उनले सधैंभरि आफ्नो आफैंले अटो कुदाएर लिन्छन् । महिलाहरुले सजिलै गर्न सक्ने भन्दा पनि पुरुषले गर्ने काम पनि महिलाले गर्न सक्छन् भन्ने सन्देश बोकेर बजारमा छिरेकी उनी एकाविहानै पाउँरोटी, ब्रेड,क्रिमरोल लगायतका आफ्ना उत्पादन लिएर पसल÷पसलमा पुग्छिन् ।

उनले भनिन्, ‘साढे ६ लाख अटो किने,अहिले अटोको लगानी पुर्ती गरिसकेको छुँ ।’ विहान ६ वजेदेखि १० वजे सम्म बिक्री गर्छिन् । भने बेलुका ६ बजेदेखि ९ सम्म बेच्छन् ।


तिला गाउँपालिकाको कुडारी बजार र जुम्ला बजारको पुरै पसलमा पुग्छन् । उनले पाउरोटी बेचेको देख्नेहरु कति त छक्क पर्ने गरेको अनुभव उनीसँग छ । रविना भन्छिन्, ‘आत्मविश्वास, इच्छा शक्ति र कर्ममा विश्वास गर्नेका लागि ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने तथ्य सार्थक हुने उनको भनाई छ ।’

काममा महिला र पुरुष दुवैले चुनौति त व्यहोर्नै पर्छ, पुरुषले गर्ने काम पनि म गर्छु भनेर बाहिर निस्किने महिलाले पुरुषको भन्दा ७५ प्रतिशत बढी काम गर्छु भन्ने हिम्मत राखेर जानुपर्छ असम्भव केही छैन ।

व्यवसाय सञ्चालनकै माध्यमबाट दुईवटा छोरीलाई सरकारी र तीन वटा छोरालाई सदरमुकाम निजी विद्यालयमा पढाउन सकेको छु । बुढा सासु ससुरा पालेको छु ।

दैनिक खानको अभाव नभएपनि महिलाले पनि केही न केही गर्नुपर्छ भन्ने सोंचले आफूलाई उद्यमी बनाएको बताउँने उनले भनिन्, ‘विहान बेलुका खानकै लागि त नगर्दा पनि हुन्थ्यो होला, केही न केही गर्नुपर्छ, खाली गफमात्र गरेर हुँदैन, पहिले आफूले गरेर देखाउनु पर्छ तबमात्र समाजका अरुलाई पनि प्रेरणा मिल्छ भन्ने लागेर पनि सुरु गरियो ।’

सफल महिला उद्यमी रविना, पाउरोटी बेचेर वार्षिक दस लाख आम्दानी

YUGAAWHAN NATIONAL DAILY (2080-09-24)

सफल महिला उद्यमी रविना, पाउरोटी बेचेर वार्षिक दस लाख आम्दानी

एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा