अस्पतालका प्रमुख चढ्ने गाडी प्रहरी नियन्त्रणमा


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ ।
विगत ८ वर्षदेखि भे १ ज १८४ नम्बरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रणमा लिएको हो ।
यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्बर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए । कागजपत्र नभएको गाडी अस्पताल जस्तो संवेदनशिन कार्यालयले चलाउँदा विगतका प्रहरी प्रशासन रमिते बनेको थियो । उक्त गाडीको कलर परिवर्तन गरेर पछिल्लो वर्षहरूमा अस्पतालका प्रमुखले चढ्ने गरेका थिए । बिचमा सुर्खेतमा ट्राफिकले गाडी नियन्त्रणमा लिए पनि डाक्टरले छुटाएका थिए । अहिले भने प्रहरीले नियन्त्रणमा लिएको गाडी यातायात कार्यालय पठाएको छ ।
आफूहरूलाई अवैध गाडी भएको सूचना आए लगत्तै गाडीलाई नियन्त्रणमा लिई यातायात कार्यालयमा पत्रसहित पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । ‘जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडीको दर्ता, नवीकरण कुनै पनि कागजात छैन’ उनले भने, गाडी आवश्यक कागजपत्र नहुँदा यातायात कार्यालयमा पठाएका छौँ ।’






