रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार बेलुकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सशस्त्र प्रहरीको सवारीसाधनमा ढुंगामुढा भएको हो ।

लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०–२०० जना स्थानीयहरूले बाटो अवरोध गरेका थिए ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व छापा मार्दा स्थानीयले अवरोध गर्न खोजेपनि पछि आफूहरू घटनास्थलमा पुगेर राजस्व छलेको समान नियन्त्रण लिन सकिएको बताए ।

उनले अहिले उक्त समानलाई राजस्व अनुसन्धान कार्यालयले बुटवलले लगेर कारबाही प्रक्रिया अघि बढाएको बताए । अवरोध गर्ने स्थानीय भने कसैलाई नियन्त्रण लिइएको छैन ।

उक्त स्थानमा स्थानीयहरूको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुई वटा सिसा पूर्णरुपमा फुटेर क्षति भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको दायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ ।

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

अस्पतालका प्रमुख चढ्ने गाडी प्रहरी नियन्त्रणमा