जुम्ल्याहा छोरासहित आमा बेपत्ता

रुकुमपश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता हभएका हुन् ।

सात वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी खत्री हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ ।

खत्रीका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिईएको हो । बेपत्ता खत्रीका श्रीमान् वैदेशिक रोजगारीको लागि देश बाहिर छन्् । श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनी पनि नेपाल फर्किएका छन् ।

प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए । घरपरिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

जुम्ल्याहा छोरासहित आमा बेपत्ता

रास्कोट नगरको मनपरी : गाडी भाडा र