तातोपानी गाउँपालिका १४ ओैँ गाउँसभाबाट ८ वटा नीति पारित

जुम्लाको तातोपानी गाउँपालिकाले ८ वटा कानून ऐन, नियमावली, कार्यविधि, र मापदण्ड निर्माण गरि पारित गरेको छ।

गाउँ सभाको १४ औँ अधिवेशनबाट बहुमतले ८ वटा नीति पारित गरेको हो । भु– उपयोग कार्यान्वयन कार्यविधि–२०८०, भूमि व्यवस्थापन ऐन–२०८०,दिवा खाजा सञ्चालन तथा व्यवसथापन सम्बन्धी कार्यविधि– २०८० पारित थियोे।यस्तै एमबिबिएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि–२०८०,गरिवी निवारण कोष व्यवस्थापन कार्यविधि–२०८०,तातोपानी गाउँपालिकाको नक्सा पास सम्बन्धी कार्यविधि–२०८०,सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुन स्थापना तथा व्यवस्थापन कार्यविधि–२०८० र स्थानीय तह यूवा विकास समिति नियमावली–२०८० गरी ८ वटा ऐन नियमालीवली तथा कार्यविधि पारित भएको गाउँपालिकाले जनाएको छ।

आगामी दिनमा व्याक्तिगत तथा सार्वजानिक घर भवन बनाउन पनि अनिवार्य नक्सा पास गर्नु पर्नेछ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा एमबीबीएस पढाउने प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताए।वित्तिय समानिकरण अनुदान अन्तर्गतका कुल ७६ वटा योजना कार्यक्रम मध्ये ६१ वटाको सम्झौता कार्य सम्पन्न ८०५ उपलब्धी हाँसिल गरिएको छ। तातोपानी गाउँपालिका १४ औँ गाउँसभाबाट गरिएको अर्धवार्षिक प्रगती विवरणनुसार चालु आर्थिक वर्षको हालसम्म ९ वटा योजना निर्माण सम्पन्न भएको र ८ वटा योजनाको अन्तिम भुक्तानी समेत भईसकेको छ ।

पुष समान्त सम्म तातोपानी गाउँपालिकाले कुल बजेटको ३९।४२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि चालु र पुँजीगत गरी कुल ५५ करोड ६० लाख २५ हजार सात सय रुपैया विनियोजन गरेकोमा ६ महिनामा समग्रमा १७ करोड ४१ लख ५८ हजार अर्थात ३९ प्रतिशत बजेट खर्च भएको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बताउँछिन्।

जसमा पुँजीगत तर्फ १८ करोड १९ लाख ५६ हजार बजेट मध्य २ करोड ६८ लाख ५३ हजार अर्थात १४।७५ प्रतिशत खर्च भएको छ भने, चालु तर्फको कुल ३७ करोड ४० लाख ६९ हजार ७ सय रुपैया मध्य १४ करोड ७३ लाख ५ हजार ४ सय अर्थात ३९।३७ प्रतिशत खर्च भएको छ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले श्रमदान अभियान अन्तरर्गत आधा दर्जनबढी योजना निर्माण गरिएको बताए । ६ महिनामा तातोपानीको १० लाख १७ हजार ९ सय ७७ रुपैयाँ राजश्व उठेको छ।गाउँपालिकामा नीजि उद्योग दर्ता गर्दा १ लाखदेखि ५ लाखसम्म पुँजी भएका उद्योगदर्ता गर्दा दर्ता शुल्क एक हजार र नविकरणमा २ सय लाग्ने र ५ लाखदेखि १० लाख सम्म पुजी भएको उद्योग दर्ताशुल्क ४ हजार र नविकरण शुल्क ८ सय तोकिएको छ ।

तातोपानी गाउँपालिका १४ ओैँ गाउँसभाबाट ८ वटा नीति पारित

उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न