आगलागीमा परेर एक महिला गम्भीर घाइते

हुम्लामा आगलागीमा परेर एक महिला गम्भीर घाइते भएकी छन् ।

बिहीबार घाँस काट्ने मेलामा डढेलोमा परेर खार्पुनाथ गाउँपालिका–५ याङ्चुकी ५० वर्षीया लक्ष्मी सिंह घाइते भएकी हुन् । आगो निभाउन जाने क्रममा उनी जलेर घाइते भएकी हुन् ।

बालबालिकाले खार्पुनाथ गाउँपालिका–५ कै आसिकाट्नादेखि माथिको मेलामा आगो लगाएको थाहा पाएपछि सिंह निभाउनका लागि मेलामा गएकी थिइन् । सिंहको हातखुट्टा, टाउको जलेको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालका अहेव जैमल शाहीले जानकारी दिए ।

घरको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचारका लागि जिल्ला बाहिर लैजान सक्ने अवस्था नभएकाले सामुदायिक अस्पतालमा भर्ना गरेर प्राथामिक उपचार भइरहेको छ ।

आगलागीबाट आसिकाट्नादेखि माथिको सम्पूर्ण चरिचरन क्षेत्र र बाम्नीमाडुको मन्दिर पनि जलेर नष्ट भएको छ । स्थानियवासीको सक्रियतामा अहिले आगो निन्तरणमा आएको छ ।

आगलागीमा परेर एक महिला गम्भीर घाइते

पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा जोड