कप्तान रोहितले ४ विकेट लिँदै क्यानडाविरुद्ध नेपाललाई जिताए


नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछाएको क्यानडाले ४७ दशमलव ५ ओभरमा अलआउट हुदै २ सय १७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८–८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।
त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २–२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए । यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ ।






