कालीकोटको डिभिजन वन कार्यालय कर्णालीकै नमुना

डिभिजन वन कार्यालय कालीकोट कर्णालीकै नमुना कार्यालय बनेको छ । कर्णाली प्रदेश सरकारको माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्कृष्ट तथा नमुना कार्यालयका रुपमा घोषणा गरेको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका डिभिजन वन कार्यालयमध्ये डिभिजन वन कार्यालय कालीकोट र डिभिजन वन कार्यालय हुम्ला छनोटमा परेका हुन् । निर्णय अनुसार कर्णाली प्रदेशका ११ वटा कार्यालय नमुना घोषित भएका छन् ।
कामको उत्कृष्ट कार्य सम्पादन तथा प्रदेशका अन्य जिल्लाका कार्यालयभन्दा नमुना काम गरेको भन्दै नमुना कार्यालयका रूपमा घोषणा भएको कार्यालय प्रमुख रमेश गिरीले बताए ।






