राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार


दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ ।

खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेका हुन् ।

उनी आइतबार साढे ३ बजे नदीको बीच टापुमा खसेका थिए । त्यसको एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।

राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

घाँस काटेर दशैं खर्च जुटाउँदै : जुम्लाका

राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१