कर्णालीको विद्युत सेवा अवरुद्ध


कर्णाली प्रदेशमा आइतवार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत विहीन बनेका हुन् ।
विद्युत तार बनाउन अझै केही समय लाग्ने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले बताए ।






