मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरीए


हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनबिारदेखी मौसमी फ्लुका बरिामीको संख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बरिामीको चाप बढेपछी स्वास्थ्य संस्था भरएिको स्वास्थ्यकर्मीको भनाइ छ ।
अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलएिको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शविरि सञ्चालन गरेको थियो । शविरि सञ्चालन गरेपछ िसामान्य रुपमा नयिन्त्रणमा आए पनी सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बरिामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताए । स्वास्थ्य शविरिमा एक सय ४९ जना बरिामीको उपचार गरेको उनले जानकारी दिए ।
लमहीमा फ्लुका बरिामी नयिन्त्रणमा आए पन िअन्य बस्तीमा फैलँदै गएको इन्चार्ज भण्डारीले बताए । बरिामीले स्वास्थ्य संस्था भरएिपछ िबहरिंग सेवाबाट उपचार गररिहेको उनको भनाइ छ ।
अदानचुली गाउँपालकिाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनी केही दनियतादेख बीरामीको चाप बढदो छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दइिरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालमिका लाग स्वास्थ्य संस्था बाहरि रहेको श्रीनगर स्वास्थ्यचौकीका नमित्ति इन्चार्ज प्रयोगलाल जैसीले बताए ।
एक दनिमा ५० देखी ८० जना बरिामी उपचारका लाग िआउने गरेको स्वास्थ्यचौकीका नमित्ति इन्चार्ज जैसीले बताए । जैसीले भने, “अहलिे स्वास्थ्यचौकीमा औषधी पर्याप्त मात्रामा छ । रोग फैलएि पन िरोग नयिन्त्रका लाग िगाउँपालकिाले औषधी पु¥याएको छ ।”
श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लाग िआउने बरिामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नयिमति मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् ।






