फर्जि कागजात भेटिएपछि कर्णाली प्रतिष्ठानको बीमा भुक्तानी रोकियो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्य बीमा अन्तरर्गतका झण्डै ३० हजार बढि बिरामीलाई उपचार गरेको दावी रकम पाएको छैन ।प्रतिष्ठानले भुक्तानी दावी गरेका कागजातहरु फर्जि भेटिएपछिबोर्डले भुक्तानी रोकेको हो ।विगत साढे १० महिना यता प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका ३० हजार ६ सय ३४ जनाविरामीको उपचार गरेको छ ।

जसमध्ये भदौ यता फागुन १६ गतेसम्म उपचार सेवा लिएका २८ हजार पाँच सय १९ जना बिरामीको दावी रकम राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी हुन बाँकी छ ।तर,गत बैशाखदेखि साउन महिनासम्मउपचार सेवा लिएका दुई हजार एक सय १५ जना बिरामीको बिल अनुसार कागजात नमिलेपछि झण्डै १२ लाख रकम भुक्तानी रोकिएको छ ।

प्रतिष्ठानले बिरामीलाई सेवा दिएपनि नियम संगत बिल अनुसार कागजात नमिलेपछि स्वास्थ्य बीमा बोर्डले ११ लाख ९७ हजार तीन रुपैंया भुक्तानी रोकेको हो । उक्त बिल अनुसार प्रतिष्ठानले पठाएका सबै कागजात अस्विकृत भइ फिर्ता आएका हुन् ।

जसमा गत बैशाख महिनामा उपचार सेवा लिएका दुई सय ११ जना बिरामी बापतको ६५ हजार दुई सय ७७ रुपैंयाँ रजेठ महिनामा उपचार सेवा लिएका पाँच सय २९ बिरामीको एक लाख ६० हजार सात सय ६ रुपैंयाँभुक्तानी दावीका कागजात अस्विकृत भएका छन् ।

त्यस्तै बिमा बोर्डले असार महिनामा आठ सय ३४ बिरामीको चार लाख ३५ हजार पाँच सय ५१ र साउन महिनामा पाँच सय ४१ बिरामी वापतको पाँच लाख ३५ हजार पाँच सय १९ रुपैंयाँबराबर बिल अुनुसार कागजातअस्विकृत गरेको हो ।

प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गत बिरामीलाइ सेवा दिएपनि सेवा वापतको दावी रकम भुक्तानी माग्दा बिल अनुसारको बीमा कागजात नपठाउँदा रसमयमै डकुमेन्ट समिट नहुदाँ स्वास्थ्य बीमा बोर्डले दावी रकम भुक्तानी नदिएको हो । यस्तै बिमाभित्र नपर्ने औषधि दिएमा पनि दावी रकम अस्विकृत हुने गरेको छ ।

यता प्रतिष्ठानका मेडिकल रेकर्डर मेगराज बुढाले बिमा बोर्डले अस्विकृत गरेको कागजात र भुक्तानी रोकेको रकमबारे कार्यालयलाइ कुनै जानकारी नदिएको बताए ।‘स्वास्थ्य बीमा बोर्डको सर्वर डाउन हुने र जुम्लामा इन्टरनेट पनि स्लो हुदाँबिमित व्यक्तिको उपचारपछि बिल अनुसारको कागजात जुटाउन तथा समिट गर्न समस्या छ’ उनले भने, ‘सर्वर र इन्टरनेटले काम नगर्दा पनि आएका बिरामीलाई व्यवहारिकता अपनाएर सेवा दियौं । तर,पछि हेर्दा कसैको बीमा नविकरण नभएको पनि पाइन्थ्यो । त्यसैले पनि बिल अनुसार कागजात छुट्ने समस्या भयो ।’
उनका अनुसार यसअघि प्रतिष्ठानमा कहिले कर्मचारी अभाब त कहिले इन्टरनेट जस्ता प्राविधिक समस्याका कारण स्वास्थ्य बीमाका बिरामीको उपचारपछि समयमै बीमा बोर्डमाबिल अनुसारका कागजात समिट गर्न ढिलाइ हुने समस्या थियो । तर, हाल प्रतिष्ठानले इन्टरनेटले काम नगरेको समयमा र बीमा बोर्डको सर्वर डाउन भएको समयमा स्वास्थ्य बीमाका बिरामीको सेवा रोक्ने निर्णय गरेको छ ।

यसअघि स्वास्थ्य बिमाका बिरामीको उपचारपछि सात दिनभित्र बिल अनुसार कागजात स्वास्थ्य बीमा बोर्डमा समिट गरिसक्नुपर्ने व्यवस्था थियो । तर, आगामी चैत १ गतेदेखि बिरामीलाई सेवा दिएको सोही दिनमा कागजात समिट गर्नुपर्नेछ । यो नियमले प्रतिष्ठानलाइ सेवा दिन थप सकस पर्ने देखिन्छ । स्वास्थ्य बीमा कार्यालय जुम्लाको तथ्याङ्क अनुसार हालसम्म जुम्लाका ९० हजार दुई सय नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।
चार करोड ८२ लाख भुक्तानी बाँकी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलेस्वास्थ्य बीमा बोर्डबाट चार करोड ८२ लाख ५९ हजार सात सय पाँच रुपैंया भुक्तानी लिन बाँकी छ । स्वास्थ्य बीमा अन्तर्गत भदौ महिनादेखि फागुन १६ गतेसम्म उपचार गराएका २८ हजार पाँच सय १९ जना बिरामी वापत बिल अनुसारको रकम बीमा बोर्डले हालसम्म पठाएको छैन ।

जसमा भदौ महिनामा ६ हजार चार सय आठ जना बिमित विरामीले उपचार लिएको ९४ लाख ९८ हजार एक सय ७४ रुपैंयाँ, असोजमा चार हजार नौ सय ९० विरामीको ९४ लाख ६६ हजार दुई सय ४२ रुपैयाँ र कार्तिकमा तीन हजार पाँच सय १० जना विरामीको ६० लाख ७७ हजार नौ सय ४५ रुपैयाँ प्रतिष्ठानले भुक्तानी पाउन बाँकीछ ।

त्यस्तै, मंसिरमा तीन हजार पाँचसय ९६ विरामीको ६४ लाख ९९ हजार उक सय ९४ रुपैयाँ, पुषमा चार हजार पाँच सय ८१ विरामीको ७७ लाख ६९ हजार एक सय ५५ रुपैयाँ, माघमा तीन हजार पाँच सय पाँच जना बिरामीको ५९ लाख र फागुन १६ गतेसम्मका एक हजार नौ सय २९ जना विरामीको ३० लाख ४८ हजार ७९८ रुपैयाँ बिमा बोर्डबाट भुक्तानी भएको छैन ।

विगत एक महिनायता बिमितले कुल उपचार खर्चको १० प्रतिशत रकम आफै तिर्ने व्यवस्था गरेदेखि बिमित उपचारको संख्या पनि छट्दै गएको छ ।बीमाको दुरुपयोग बढेपछि १० प्रतिशत बिमितले तिर्ने व्यवस्था गरिएको हो ।‘अस्पतालमा आउने बिमित विरामीले आबश्यक औषधी तथा उपचार उपभोग गरी सकेका छन् । तर खर्च भएको रकम भुक्तानीका लागि दाबी पेश भएपनि प्राप्त भएको छैन’ प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले भने, ‘एकातिर सिमित स्रोतले प्रतिष्ठान सञ्चालनमा चुनौती छ । अर्कोतिर बिमितको उधारो उपचार गर्न बाध्य हुँदा आर्थिक भार पनि बढ्दै गएको छ ।’

कर्णालीका १० जिल्ला सहित सुदुरपश्चिमका ३ गरी १३ जिल्लामा प्रतिष्ठानले सेवा दिईरहेको छ । तर,संघिय सरकारले प्रयाप्त बजेट नदिँदा,विशेषज्ञ सेवा प्रवाह,अध्यायन तथा अनुसन्धानका काम प्रभावित हुँदै आएका छन् । पश्चिम नेपालकै स्वास्थ्य भरोसा बनेको प्रतिष्ठानले सरकारबाटनै बजेट प्रयाप्त पाएको छैन् । भने स्वास्थ्य बीमा बोर्डले पनि बिमितको उपचार भईसकेको करोडौ भुक्तानी समयमै नदिँदा नियमित काम प्रभावित बन्न थालेका छन् ।

अब दुई÷दुई महिनामा भुक्तानी गर्ने तयारी
राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले यसअघि स्वास्थ्य बिमाका बिरामीको उपचार वापतको रकम स्वास्थ्यसंस्थालाई भुक्तानी गर्न ढिलाइ गरेपनि अब २÷२ महिनामा भुक्तानी गर्ने तयारी गरेको छ ।

बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार गत भदौं महिनादेखि मंसिरसम्मको रकम बोर्डले छिट्टै पठाउने तयारी गरेको छ । ‘विस्तारै पुस महिनायताको पनि रकम पठाउने तयारी छ ।त्यसपछि हामी प्रत्येक २÷२ महिनामा रकम पठाउनेछौं’ उनले भनिन्, ‘बोर्डमा जनशक्तिको कमि हुदाँ रकम दावीका लागि प्राप्त कागजात अध्ययन गरी भ्यालुलेशन गर्न समय लाग्छ । त्यसैले ढिलाइ भएको हो ।’

कर्णाली प्रतिष्ठानका अस्विकृत भएका बिल भपाई अनुसारको रकम भुक्तानी नहुने भन्दै बाँकी प्राप्त कागजात अध्ययन गरी भ्यालुलेशनका आधारमा रकम भुक्तानी गरिने उनको भनाइ छ । उनका अनुसार हाल स्वास्थ्य बीमा बोर्डले देशभरका चार सय ४२ वटा स्वास्थ्य संस्थालाईस्वास्थ्य बीमा उपचारको रकम भुक्तानी गर्दै आएको छ ।

‘बोर्डमा दैनिक ३० हजार बढि बिरामीका कागजात आउँछन् । दावी रकम अनुसारक बिल तथा कागजात चेकजाँच गर्न समय लाग्छ’ उनले थपिन्, ‘यसबारे त्रुटि नहोस् भनेर सात वटै प्रदेशमा अवस्था बुझ्न र आवश्यक जानकारी दिन बोर्डको टिम पुगेको थियो । तर बोर्डमा आउने कागजातमा स्वास्थ्य संस्थाले त्रुटिरहित पठाउन सकेका छैनन् ।’

उनका अनुसार रकम भुक्तानीको कामलाई छिटो छरितो बनाउन आगामी चैत १ गतेदेखि स्वास्थ्य बीमाका बिरामीको उपचार गरेको कागजात सोही दिनभित्रै नपठाए रकम भुक्तानी गरिने छैन ।

फर्जि कागजात भेटिएपछि कर्णाली प्रतिष्ठानको बीमा भुक्तानी रोकियो

सम्पादकीय: कर्णालीका आधारभूत अस्पताल निर्माणमा ध्यान देऊ

फर्जि कागजात भेटिएपछि कर्णाली प्रतिष्ठानको बीमा भुक्तानी रोकियो

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष