पुसमै फूल्यो लालीगुराँस

बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ, भने फागुन चैतमा फूल्ने लालीगुराँस पुसमै फूलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फूल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फूलेको कहिल्यै थाहा नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षिय कर्णबहादुर वलीले बताए ।

उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए । भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्त मात्रामा लालीगुराँस फूल्ने गरेका छन् ।

सबै लालीगुराँस नफूले पनि फाट्टफुट्ट रुपमा लालीगुराँस फूलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षिय खम्बजङ्ग शाहले बताए । पहिला यस्तो हुदैन्थ्यो, अहिले हिउँ पर्न पनि छोड्यो लालीगुराँस पनि पुसमै फूल्न थालेको छ । बाह्रै महिना सेताम्यै हुने यहाँका हिमालमा पनि हिउँ देखिन छोडेको छ । जाजरकोटका कुशेपाटन, कराँचुली, जलजला, बारेपाटनलगायत हिमालमा अहिले हिउँ देखिन छोडेको उनको भनाइ थियो ।

‘अहिले हिउँ परेका बेला मात्र हिमाल सेता देखिन्छ अरुबेला कालापत्थर देखिन थालेका छन्,’ शाहले भने, ‘यसैकारण हिउँ चितुवा, कस्तुरी, डाँफे, मुनाललगायतका जङ्गली पशुपक्षी लोप हुन थालेका छन् । चिसो र गर्मी अत्यधिक बढ्न थालेको छ ।’ हिउँ नपर्दा फलफूलका बोटबिरुवा, गहुँ, जौलगायत हिउँदेबालीमा समेत असर पर्ने र उत्पादनमा ह्रास आउने स्थानीयवासीको भनाइ छ ।

पुसमै फूल्यो लालीगुराँस

रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नरहने

पुसमै फूल्यो लालीगुराँस

YUGAAWHAN NATIONAL DAILY (2080-09-22)