सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षिय सन्दिप वि.क घाइते भएका हुन ।
घर नजिकै बाख्रा चराउन गएका वि.कलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।