विदेशबाट १० बर्षपछि फर्किएर अर्गानिक होटल व्यवसाय


जुम्लाको गुठिचौर–३ का ३३ वर्षिय चित्रबहादुर बुढा २०६६ सालमा एसएलसी उत्तिर्ण गर्ने बित्तिकै रोजगारका लागि खाडी मुलुक पुगे । झन्डै १० वर्ष उतै बिताएका उनी फर्केपछि गाउँमै व्यावसायिक रुपमा सुर एण्ड ससुपन्न अर्गानिक होटलमा व्यस्त छन् ।

अर्गानिक होटलबाट अहिले मासिक झन्डै ७० हजार आम्दानी गर्छन् । ‘आफ्नै गाउँमा बसेर काम गर्ने हो भने आम्दानी राम्रै हुने रहेछ भन्ने बुझेको छु ।’ उनले भने, ‘ऊर्जाशील उमेरमा अब विदेश होइन, यही केही गर्नुपर्छ भन्ने लागेको छ ।’

चित्रबुढाले कुवेत, बहराइन, दुबई, साउदी,मलेसिया र अरबका पाँच तारे होटेलहरूमा ‘सेफ’ भएर काम गर्ने अवसर पाएका थिए । विदेशमा पुगेर काम सिक्ने राम्रो प्यालेटफर्म पाएका बुढाले अहिले जुम्लाको गुठिचौर गाउँपालिका–३ गुठिचौरमा अर्गानिक होटल सञ्चालन गरेर मनग्गे आम्दानी गर्ने थालेका छन् ।

विदेशको राम्रो कमाई र उच्चस्तरको जीवनशैली त्यागेर आफ्नै जन्मथलोको माटोमा उद्यम गर्नुपर्छ। भन्ने अन्य युवालाई सन्देश दिन खोजिरहेको उनी बताउँछन् । विदेशबाट फर्किएर शुरू गरेको सुविधा सम्पन्न अर्गानिक हाटेलले आर्थिकमा समृद्धि ल्याएको दाबी गर्छन् ।

चित्रबहादुरले विदेशबाट फर्किएर त्यो व्यावसाय चलाएको तीन वर्ष पुरा भयो । अहिले उनको दिन अर्गानिक होटलमा आउने पाहुना अतिथिको स्वागत सत्कारमै बित्ने गरेको सुनाउछन् । खाली भएँ भन्नु पर्दैन, पाहुना आइराख्नुहुन्छ, उनीहरूकै सेवामा समय बितेको पत्तै हुँदैन, उनलाई ।


उनी भन्छन्,‘यो त बडो गज्जबको पेशा रहेछ, म मात्र होइन, गाउँका धेरै युवाले काम पाएका छन्।’ उनले तीन जना युवालाई रोजगारी दिएका छन् । उनको अर्गानिक होटलमा सबै परिकार र खाना स्थानीय रैथाने आफ्नो (खेतबारीमा) उत्पादन गरेको बन्छन्।आलुको तरकारी,आलुबाट बन्ने परिकार,साग,फापरको रोटी,कोदो,जौँ,गहूँ मकैको रोटी,कालीमार्सी धानको भात, स्थानीय भटमास सिमीको दाल,चिनो,कागुनोको भात, स्थानीय जातको खसी र लोकल कुखुराको मासु खान पाइन्छ । ग्राहकले अडर गरेअनुसारको फापरको केक,जौँ र गहुँको बिस्कुट पनि बनाएर होम सर्भिस सबै बन्दोबस्त हुने बुढाले बताए । गाउँमै उत्पादन गरेको अर्गानिक खाना र नास्ता मात्रै खुवाउने गरेको बताउँछन् ।

बजारबाट कुनै खाद्यान्न र तरकारी आइटम किन्दैनन् । जुम्लाको बनजंगलमा पाइने रायो,लिगुरो,पालुंगो र रुघाको साग टिपेर ग्रहाकलाई खुवाउँदा पर्यटकहरु खुसी हुने गरेको उनको भनाइ छ । उनले थपे,‘जुम्लाको बहुमुल्य जडीबुटीको चिया खुवाउँछु ।’

चुकको पात,लौठो सल्लाह,बायोजडी,घोडामच्चो र गुनाइनोको जडिबुटीको चिया मात्रै दिने गरेको चित्रले ओैल्याए । चित्रले विदेशमा रहदा मासिक नेपाली एक लाख पचास हजार कमाई गर्थें।अहिले पनि घरमै एक देखि दुई लाख बढी घरमै कमाइ गर्दै आइरहेका छन् ।

गाउँका युवाहरू विदेशमा होइन स्वदेशमै केही गरेर बाँच्न सक्नेछन् भन्ने उदाहरण उनी बनेका छन् । विदेशमा गएर सिप सिक्न अवसर पाएको भन्दैमा खुसी छन् । घरपरिवारसँग रमाएर गाउँमै स्वरोजगार हुनु जत्ति खुशीको कुरा मेरा लागि अरू छैन, उनी भन्छन् । होटलमा पाहुना आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको छैन ।

सिजनमा अलि बढी हुन्छन् । बेसिजनमा अलि कम आउँछन् । खाली कहिल्यै हुँदैन् । उनका अनुसार बार्षिक साढे सात लाख बढी आम्दानी हुने गरेको चित्रबहादुरले ठोकुवा गरे । तातोपानी,तालिमका लागि हल,वाइफाई, सिसी क्यामारा पर्यटकका लागि राम्रो सुविधा छ । होटल पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ ।

आत्मियता, मिठो खाना र सस्तो मूल्यका कारण अर्गानिक होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गुठिचौर–३ का वडा अध्यक्ष ईन्द्र बुढा बताउँछन् । काखमा गुठिचौर उपत्यका भेडी पालन सुन्दरताका कारण चर्चित छ । सदरमुकामबाट करिब ३÷४ घण्टा पैदल हिँड्नु पर्छ ।

गाडी वा मोटरसाइकलमा एक डेढ घण्टामा यहाँ पुग्न सकिन्छ । भेडा÷बाख्रा अनुसन्धान केन्द्र छ । त्यहाँका घुम्नेको आन्तरिक तथा बाह्य पर्यटकको घोइचो लाग्छ । कर्मचारी,स्कुल,कलेजका विद्यार्थीहरू प्रायः शुक्रबार हिँडेर गुठीचौर जाने, जन्मदिन मनाउने साँझ उतै बस्ने र शनिबार फर्किने गरिरहेका छन् ।

स्थानीय सरकारप्रति उनको गुनासो

गुठिचौर गाउँपालिकाले होमस्टेका नाममा संचालन गरेका होमस्टेहरु अहिले भेडा र गाइगोरु बस्ने गोठ बन्नेका छन् । तर, हामीलाई सहयोग गरेको छैन ।

बर्षा सिजनमा सडक धुलाम्ये हुन्छ, भने हिउँदमा बरफ जमेर बाह्य पर्यटकलाई समस्या छ । कुनै ध्यान नदिएको उनको गुनासो छ।उक्त सडक डोल्पा,जाजरकोट र मनाङ–मुस्ताङ हाईवइ अन्तर्गत पर्छ ।

विदेशबाट १० बर्षपछि फर्किएर अर्गानिक होटल व्यवसाय

ठेकेदार कृते मुद्दामा परेपछि सिटी हल सजावट

विदेशबाट १० बर्षपछि फर्किएर अर्गानिक होटल व्यवसाय

जुम्लामा सशस्त्र प्रहरीको भवन उद्घाटन