डोल्पाको जुफाल विमानस्थल मर्मतको काम अन्तिम चरणमा

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गएको फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायतका कामसहित ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिए । विमानस्थलको धावनमार्ग कतै उठेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।

विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा उडान र अवतरण गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । अब ढिलोमा एक हप्ताभित्र सबै काम सकिने उनले बताए । काम सकेर आउँदो वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको शाहीले बताए ।

डोल्पावासीका लागि यातायातको प्रमुख एवम् भरपर्दो साधन नै हवाई यातायात हो । आजीवन तामाङ मरिन जेभी धादिङले ६ करोडमा मर्मतको लिएको थियो । धानवमार्ग जीर्ण भएका कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले यसअघि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए ।

डोल्पाको जुफाल विमानस्थल मर्मतको काम अन्तिम चरणमा

YUGAAWHAN NATIONAL DAILY (2080-12-24)