देश परनिर्भता तिर धकेलिंदै छ, सबै मिलेर उकासौंः पुर्वराजा शाह


पुर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुदाहुदै पनि देश परनिर्भरता तिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । कर्णालीको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागि हुन जुम्ला पुगेका पुर्वराजा शाहले नागरिकहरु खानकै लागि काम खोज्न भौतारिरहेको देख्दा मनभरी पिडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन ।

लामो समय जुम्लाको सुन्दरताको बखान गरेका पुर्वराजा शाहले अब राष्ट्रको पुरानो गौरब फर्काउन सकै एक हुन अपिल गरे । आफ्नै पाखुराको बलमा अघि बढ्नु पर्ने समय आइसकेको स्मरण गराउदै शाहले यातायातको विकट्ता,हावापानीको जटिलता भएका क्षेत्रहरुमा रहेको स्रोतको सही उपयोग गर्नुपर्नुपर्नेमा जोड दिए ।

रोजगारीको लागि जन्मे हुर्केको थातथलो छोडेर अनेत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पिडा खेप्नु पर्ने अवस्था निम्तिएको छ,पुर्वराजा शाहले भने,‘ यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन पिडादायी भएपनि सुःखद हुने निश्चित छ ।

सबै मिलेर देशको अस्तित्व बचाउन तिर लागौं । उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे । पुर्वराजा शाहले भने,‘पहिले राष्ट््िय सोच बनाउ । मार्ग सुधार गरौं । नयॉ समझदारी, नयॉ संम्वाद, नयॉ वार्तालाभ,सर्वपक्षिय सहमति गरेर नयॉ निष्कर्ष निकालौं यही नै देशको लागि भलाई हुनेछ ।’समिट एयरको जहाजमा जुम्ला पुगेका पुर्वराजालाई जुम्लाबासीले नागरिक अभिनन्दन गरेका छन । उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही सहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका गरेका थिए ।

जुम्ला विमानस्थलमा राजा आउ देश बचाउ,सिंहदरवार खाली गर, हाम्रो राजा आउदैंछ । राजा सबैका साझा लगायतका नारा लगाइएको थियो । चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरिसकेपछि पुर्वराजा शाहले जिल्ला प्रशासन कार्यालय अगाडी बनाइएको मञ्चबाट संवोधन गरेका थिए । पुर्वराजाको मन्तव्य सुन्न र हेर्नको लागि हजारौं जुम्लीबासीहरु सदरमुकाम खलंगा आइपुगेका थिए ।

देश परनिर्भता तिर धकेलिंदै छ, सबै मिलेर उकासौंः पुर्वराजा शाह

बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने