सामुहिक स्याउ खेति शुरु गर्न बिप्लव र प्रकाण्ड जुम्ला आउने

जुम्लाको हिमा गाउँपालिका सामुहिक रुपमा स्याउ रोप्न तथा स्याउ खेतिका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध (बिप्लव सि) जुम्ला आउने भएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका–७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही (प्रभाजित सि) का अनुसार पार्टीको कार्यक्रम अनुसार पार्टीले लिएको कृषि उत्पादन लक्ष्य अनुसार त्यस क्षेत्रमा फागुन २५ गते देखी १० हजार स्याउका विरुवा रोपिने छन् ।
सो सामुहिक स्याउ रोेप्ने क्षेत्रमा स्याउ खेतिका लागि विप्लव र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड आउने कार्यक्रम छ । नेपाल कम्यूनिष्ट पार्टीका अनुसार २४ गते उनिहरु जुम्ला पुग्ने कार्यक्रम छ, २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टी जुम्लाले जानकारी दिएको छ । सामुहिक स्याउ रोप्ने कार्यक्रमका लागि फागुन १५ गते देखी स्थानीय स्तरमा तयार भईरहेको छ । स्थानीय स्तरमा प्रभाजित सी, अर्जुन सी लगायतका नेताहरुको अगुवाईमा कार्यक्रमको तयारी भईरहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सि, नेता प्रकाण्ड सि सहितका आधा दर्जन स्थायी कमिटिका नेताहरु जुम्ला आउने भएका छन् । यसैगरी २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको छ ।

यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । यसैगरी २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि नरहरीनाथ जाने कार्यक्रम रहेको छ ।

सामुहिक स्याउ खेति शुरु गर्न बिप्लव र प्रकाण्ड जुम्ला आउने

बसपार्कमा बस व्यवसायीबिच झगडा हुदाँ एक जना

सामुहिक स्याउ खेति शुरु गर्न बिप्लव र प्रकाण्ड जुम्ला आउने

YUGAAWHAN NATIONAL DAILY (2080-11-23)

This will close in 0 seconds