बसपार्कमा बस व्यवसायीबिच झगडा हुदाँ एक जना घाइते

सुर्खेत बसपार्कमा दुई बस व्यवसायीबिच झगडा हुँदा एक जना घाइते भएका छन् । संयुक्त यातायात प्रा.लि र हिल्सा यातायात प्रा.लिबिच यात्रुका विषयमा बस व्यवसायीका कर्मचारी घाइते भएका हुन् ।
घाइतेको नाम ठेगाना केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यात्रुको विषयलाई लिएर दुई व्यवसायीले हात हालाहाल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
‘संयुक्त यातायात र हिल्सा यातायातका मान्छेले यात्रु तानातान गरेको रहेछन्, सोही विषयलाई लिएर उनीहरूले विवाद गरेको हुँदा समितिकै एक जना मान्छे घाइते हुनुभएको रहेछ ।’ डिएसपी शाहीले भने,’ तर घाइते हुनेको नाम ठेगाना केही खुलेको छैन ।’ उनका अनुसार प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइते पनि जिप्रका आउँदै गरेको डिएसपी शाहीले जानकारी दिए ।






