हिंसा न्यूनिकरण गर्नःकिशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठिचौर गाउँमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला जुम्लाको गुठिचौर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मरक्षा तालिम दिइएको हो ।
आइतबार देखि संचालन गरिएको किशोरीलाई आत्मरक्षा तालिम मंगलबार सकिएको छ। महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ । आत्मारक्षा तालिममामा १ देखि ५ वडा भित्र किशोरीहरुको सहभागी रहेको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताइन् ।
उनका अनुसार किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि गाउँपालिकाले पालिकाभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको थियो।महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा पहिलो चरणमा गाउँपालिकाभित्रका किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी (मल्ल) भण्डारीले बताइन् ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो।तालिममा सहभागी किशोरीहरुमध्येकी एक गुठिचौर –५ की विन्दु धितालले भनिन्, ‘अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने भनेर सिक्दैछु ।
यहाँ सिकेपछि घर वरपरका साथीहरुलाई पनि मैले सिकाउँछु ।अहिले तालिममा सहभागीले अब आफ्नो गाउँबस्तीमा रहेका विद्यालयमा अध्ययनरत सबै किशोरीलाई प्रशिक्षण दिनेछन् ।यता जुम्लामा अर्थिक वर्ष ०८०÷८१ मा जम्मा ५३ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये २ पुरुषका वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक छ ।






