मुगुमा भिरबाट लडेर बालिकाको मृत्यु

मुगुमा भिरबाट लडेर एक बालबालिकाको मृत्य भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–९ की अन्दाजी १२ वर्षीया भूमिका रोकायाको भिरबाट लडेर मृत्यु भएको हो।
बालबालिका घरबाट नुहाउन हिँडेकी थिइन्।छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी न्युरोडमा बस्दै आएकी थिइन्।
बिहीबार बिहान आफ्नो बस्ने कोठाबाट नुहाउनका लागि छायानाथ रारा नगरपालिका–२ चैना खोलातर्फ जाँदै गर्दा चैन भिरमा लडेर मृत्यु भएको थियोे।बालिका चैन भिरबाट करिब ३० मिटर तलको गमगढी पिना सडकखण्डमा खसेको प्रत्यक्षदर्शीले बताए।
भिरबाट खसेकी बालिकालाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालमा लगिए पनि अस्पताल पु¥याएलगत्तै उनको मृत्य भएको प्रहरीले जनाएको छ। अहिले पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ।






