जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम


कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम जुम्लामा सुरु भएको छ । एन्फा जुम्लाको आयोजनामा सातदिने प्रदेशस्तरीय रेफ्री तालिम सोमबारदेखि सुरु भएको हो ।

कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, रुकुमपश्चिम, सल्यान, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, मुगु र कालीकोटका ३९ जनाले रेफ्री तालिममा सहभागिता जनाएका छन् । हरेक जिल्लाबाट तीनजनाले सहभागिता जनाएको एन्फा जुम्लाका महासचिव दीपेन्द्र हमालले बताए ।

प्रतिदिन एक हजार भत्ता उपलब्ध गराइने भएको छ । खाना र वासका लागि कर्णाली खेलकुद परिषद्ले आर्थिक सहयोग गरेको फुटबल कार्यक्रमका संयोजक कविदत्त न्यौपाने बताए ।

कर्णाली खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय र एन्फा जुम्लाको आयोजनामा कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम सञ्चालन भएको जनाएको छ ।

रेफ्री तालिमको प्रशिक्षकका लागि एन्फा केन्द्रबाट श्रीराम रञ्जितकार, सैलेश जोशी, सचिन अमात्य र रोजेन श्रेष्ठको टिम छ ।

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम

अब लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पुरुष

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम

भेरीगंगाको हिउँदे सभामा पाँचवटा विधेयक पेश