‘पारिश्रमिकबाट छात्रवृत्ति दिने वडाध्यक्ष भण्डारी’


वुवा शेर वहादुर भण्डारी आमा गौरी भण्डारीबाट २०३९ साल फाल्गुन २० गते शनिवार पहिलो वस्ती सिम्ता लापुबाट वस्ती सरेर आएको भेरिगंगा न.पा.१३ रामघाट तिनभाई तिन बहिनी मध्ये माईलो छोराको रुपमा निम्न माध्यमिक परिवारमा गणेश बहादुर भण्डारीको जन्म भएको थियो ।
निम्न मध्यम परिवार पशुपालन गुजरामुखी कृषि जिवन गुजरा गर्दै हुर्किदै ७ वर्षमा प्राथमिक शिक्षा श्री ने.रा प्रा.सितापुर रामघाट सुर्खेत शुरु गरेका थिए । प्राथमिक ५ कक्षा उत्तिर्ण भएर ६ कक्षादेखि श्री शिखर मा.वि.रामघाट सुर्खेतबाट एस.एल.सी. उत्तिर्ण गर्नुभएको हो । उच्च शिक्षा क्याम्पस सुर्खेत बाट बि.एड्.बाट उत्तिर्ण गर्न पुगेका हुन् ।
उच्च शिक्षापछि भेटेनरी तालिम गरी भेरीगंगा–१३ मा नै पशुसेवा क्लिनिक खोली तत्कालिन रामघाट, दशरथपुर,कल्याण,लेकफर्सा र नेटा गा.वि.स. सुर्खेतका किसानको घरदैलोमा उपचार औषधी सेवा बर्षौबर्ष पु¥याउँदै आफ्नो घरमा पशु फार्म पनि सञ्चालन गर्दै आउनु भएको छ । अध्ययन गर्दा गर्दै २०६२÷०६३ बाट ने.क.पा. माओवादी पार्टीको हु“दै विद्यार्थी संगठनको काम गर्दै २०६५ साल बाट रामघाट गा.वि.स.को पार्टी इन्चार्ज विद्यार्थी संगठन जिम्मा लिएर परिचालिन हुन पुग्नु भएको थियो । २०७० सालबाट रामघाट गाउ“कमिटी अध्यक्ष भै पार्टीको काममा लाग्नु भएको थियो । २०७३ सालमा लोकतान्त्रिक गणतन्त्रको जन संविधान घोषणा भएपछि भेरीगंगा नगरपालिका अहिले सिमाना हुन पुगेपछि नगरकमिटी सचिव माओवादी केन्द्र कार्यगर्दै २०७८ सम्म अध्यक्ष रहनु भएको थियो ।
जनसेवा गर्न पार्टीदेखि पशुसेवामा लाग्नुभएका भण्डारीलाई माओवादी केन्द्रले २०७९ को स्थानीय निर्वाचनमा भेरीगंगा न.पा.वडा नं.१३ को वडा अध्यक्षको उमेद्वारी टिकट दिन पुग्यो । लामो समय निरन्तर पार्टी र कृषि पशुसेवाको लागी घरदैलो सेवा गरेका भण्डारी लामो समय रामघाटमा एमालेको गढ मानिएको स्थानमा २०७९ सालको अध्यक्ष निर्वाचनमा माओवादी र नेपाली काँग्रेस गठबन्धनबाट दुईतिहाई बढीमत लिएर वार्ड नं.१३ को अध्यक्षमा विजयी हुन पुग्नु भएको थियो ।
विजयी भएपछि आफ्नो लागि प्राप्त हुने नगरपालिकाको सुविधा तलब, भत्ता टुुहुरा बालबालिका १ कक्षादेखि १२ कक्षा अध्ययन गर्ने, जेष्ठ नागरिक अन्तरजातीय विवाह गर्ने जोडी र शहीद परिवारलाई आफ्नो पदको पारिश्रमिक खर्च गर्ने घोषणा गरी आफ्नो वार्डमा लगाई रहनुभएको छ । वार्ड भित्र रहेका प्रा.वि.र मा.वि.अक्षय कोष आफ्नो कार्यकालमा स्थापना गर्ने पनि तयारीमा लाग्नुभएको छ । भ्रष्ट्राचार बिरोधी छवी बनाउनु भएका भण्डारीले हालसम्म नगरपालिकाको बैठकहरुमा चिया खाजा पनि खानु भएको छैन् ।
आफ्नो कार्यकालसम्म पनि नखाने बाचा गर्नु भएको छ । समाज सेवा गर्ने लुट्ने संस्कारलाई बदल्दै लुट्न कमाउन होइन निस्वार्थ समाज सेवामा निरन्तर दृढरुपमा लागी रहनुभएको छ । आफ्नो वार्डमा पटक—पटक विभिन्न सामाजिक सेवाकालागि जन श्रमदान कार्यक्रम पनि जुटाई रहनुभएको छ । २०७९ सालको दशैँ तिहारमा वडाका अतिविपन्न परिवारका ५३ घर परिवारलाई एक बोरा चामल,एक के.जी.दाल,एक लिटर तेल,एक किलो नुन गरी प्रति परिवार दुई हजारका दरले आफै र केही सहयोगी मन जुटाएर उपलव्ध गराउँदै आउनु भएको छ ।
अहिले पनि उहा“का ७५ बर्षे बुवा र ६८ वर्षे आमा आफैसंग बसाली कृषि र पशुपालन व्यवसायमा व्यस्त भै सहयोग गरिरहनु भएको छ । आफु भने पहिले सेवा पु¥याएका स्थानमा समय मिलाएर पशु कृषिमा उपचार औषधी सेवा निरन्तर गर्दै आइरहनु भएको छ ।
राजनीतिमा होलटाईमर नहुने जनप्रतिनिधीले मासिक तलव भत्ता नदिएर बैठक भत्ता आतेजाते दिने खाली समय कुनै पेशा व्यवसाय गरी आत्मनिर्भर हुनुपर्ने बताउनु हुन्छ । त्यस्तै राजनीतिमा आउँदा कमाउन धन्दा होइन सेवा नामको लागी आउन संस्कारदेखि पारश्रमिक पनि आफ्नो जस्तै लगाउने संस्कारको विकास गर्न सके आज जस्तो राजनीतिमा आउने कमाउने धन्दा अन्त्य भएर विभिन्न पार्टी भित्र गुट उपगुट दलाल गिरी अन्त्य हुने थियो भनि दुर सन्देश पनि दिने गर्नुहुन्छ ।
३४ बर्ष बहुदलिय प्रजातन्त्र १६ बर्ष लोकतान्त्रिक गणतन्त्रपछि जेजति विकृतीका घटना संचारमा छताछुल्ल भएका छन् तिनले कर्मचारी तन्त्रमा राष्ट्र राष्ट्रियप्रति बलियो बनाउने फलेफुलेको गणतन्त्र चम्काउने पहिलो पङक्तिमा पार्टी निर्विचित जनप्रतिनिधी उभिनु पर्ने पनि बताउँदै आउनु भएको छ । त्यस्तै देश सबैको साझा हो देश सम्वृद्धि गराउने हामी नेपालीको साझा जिम्मेवारी भएकोले एकले अर्कोलाई दोष लगाएर मात्र पुग्दैन सबै आ–आफ्नो स्थानबाट उठेर लाग्नु पर्ने पनि बताउँदै आउनु भएको छ । त्यस्तै नेतृत्व नेपालमा छानिनु पर्ने जनतामा परिरहेको पनि छ । सबैजनमा चेतना भया ।






