सामुदायिक वनमा आगो लाग्दा बिरुवामा क्षति


रुकुमपश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चारसय बोट बिरुवामा क्षति पुगेको बताइएको छ ।

मुसीकोट नगरपालिका–१ रावलबारास्थित बारेगौरा सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा चारसय बोट बिरुवामा क्षति भएको डिभिजन वन कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार सामुदायिक वनमा आगलागी हुँदा करिब १५ हेक्टर क्षेत्रफलमा रहेका विभिन्न प्रजातिका स–साना बोटहरूमा क्षति भएको छ ।

सल्लो, पैयुँ, चुत्रालगायतका प्रजातिका साना बोटमा क्षति पुगेको डिभिजन प्रमुख परियारले जानकारी दिए । गत शनिबार दिउँसो सो वनमा आगलागी भएको थियो । आगलागीको सूचनालगत्तै डिभिजन वन कार्यालय, नेपाल प्रहरी, मुसीकोट नगर प्रहरी, वन उपभोक्ता समूह र स्थानीयवासीको टोली पुगेर वन डढेलो नियन्त्रणमा लिइएको छ । आगलागीका कारण भने खुल्न सकेको छैन ।

सामुदायिक वनमा आगो लाग्दा बिरुवामा क्षति

नेपाल टेलिकमको २० औं बार्षिक उत्सब

सामुदायिक वनमा आगो लाग्दा बिरुवामा क्षति

पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड