नेपाल टेलिकमको २० औं बार्षिक उत्सब


राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो २० औं बार्षिक उत्सब मनाएको छ । सोमवार नेपाल टेलिकम सुर्खेत कार्यालय परिसरमा एक कार्यक्रम गरी बार्षिक उत्सब मनाएको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जि सीको प्रमुख आतिथ्यता र वीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख निलकण्ठ खनालको बिशेष आतिथ्यता रहेको थियो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक उमेश प्रसाद शाहले कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको बताए । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको उनले बताए ।
प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको उनको भनाई छ ।







