छेडागाडको रादेउ बजारमा बिद्युत लाईनको सफल परिक्षण

छेडागाड नगरपालिका वडा नं. ६ मा ११ के.भि. को बिद्युत लाईनको सफल परिक्षण भएको छ । जाजरकोट छेडागाड नगरपालिकाको वडा नं. ६ सुवानाउली रादेउ बजार नजिकै बिद्युतको सफल परीक्षण गरिएको हो ।
छेडागाड–६ का अध्यक्ष भक्त बहादुर थापाले सुईच अनगरी बत्तीको उद्घाटन गरेका हुन । बिद्युतको प्राबिधिक टोलीले सबै काम पुरा भएको जानकारी दिएपछि बुधबार अध्यक्ष थापाले उद्घाटन गरेका थिए ।
अध्यक्ष थापाले बत्ती उद्घाटन गर्दै अब छिट्टै गाउँ टोल र बस्ती बत्ती बलि झिलिमिलि हुने बताएका छन् । आफुले गरेको अनुरोधलाई बिद्युत प्राधिकरणले सहजै स्वीकारी तीब्र गतिमा काम गरेकाले बत्ती बाल्न सफल भएको उनले बताए ।
अध्यक्ष थापाले अब थाना, सुवा गैराखेत, रादेउ बजार र रांगाको टोलका सबै बासिन्दाहरुले मिटर बक्सको लागि वडा कार्यालयमा फाराम भर्न पनि अनुरोध गरेका छन् । उनले भने ‘अब बत्ति गाउँमा आईपुग्यो बत्ति बाल्नको लागि हामी आफै खटिनु पर्ने छ ।’
विद्युतको प्राबिधिक टोलीले भर्खरै सञ्चालन गरेको पोल र लाईन भएकाले तत्काल बडाबनदेखि रादेउसम्मको बिजुलीको पोल आश पाश कोही कसैलाई जान नदिनुका साथै पोल र तारमा ढुङ्गा हान्न नदिने र करेन्ट प्रसारण गर्ने धातुले छुन नहुने उनले बताए । भर्खरै सञ्चालनमा ल्याईएको तार भएकाले करेन्ट लाग्न सक्ने उच्च जोखिम हुने भएकाले सबैलाई सजग रहन अनुरोध गरेका छन् ।







