सल्यानको कुमाख गाउँपालिका–५ मा दुई समूहबिच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । झारकाँडा र कौछेका युवाहरुबिचमा झडप हुँदा एक जनाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक शेरबहादुर बस्नेतले मृत्यु हुनेमा कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षका विकाश वली रहेको बताए । उनका अनुसार वैशाख ११ गते दाङबाट माइती मान्न गएका उनीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरुले विवाहका लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
झडपमा परी कुमाख गाउँपालिका ६ वडागाउँ १८ वर्षका शुसिल केसी घाइते भएका हुन् ।उनको नेपालगञ्ज नर्सिङ्गअस्पतालमा उपचार भइरहेको छ ।
झगडामा संग्लन ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।
कुटपिटमा संलग्न भएका कुमाख गाउँपालिका ५का मानसिह कुमाई र हेमन्तथापा लगायतका फरार रहेका छन् ।
युग संवाददाता । सल्यान । १२ बैशाख २०८१, बुधबार १८:०६