प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न


प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ । दैलेख नारायण नगरपालिका १ स्थित रहेको कर्बड हलमा प्रथम डम्बर बहादुर खड्का स्मृति जिल्ला स्तरिय कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

जिल्ला खेलकुद बिकास समितिमा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथि दैलेख नौमुले गाउपालिका अध्यक्ष छबि सुबेदी रहेका थिए भने कार्यक्रमको सयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोपाल बहादुर बुढा रहेका थिए ।

यसैगरी विशेष अतिथिहरुमा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइराला, प्रहरी नायब उपनिरिक्षक सुनिल दाहाल, कराते महासङ्घ दैलेख अध्यक्ष खगेन्द्र सिंह रहेका थिए । गढि डोजो दैलेखबाट आयोजना गरिएको यो प्रतियोगिता जिल्ला प्रदेश हुदै राष्ट्रिय प्रतियोगिता सम्म गराउने लक्ष्य रहेको प्रमुख प्रशिक्षक हेमा खड्काले बताइन ।

दैलेख नारायण नगरपालिका १ स्थित रहेको कर्बड हलमा आयोजना भएको प्रतियोगिता जिल्ला खेल्कुद बिकास समितिमा औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको हो । स्व डम्बर बहादुर खड्का दैलेखको एक परिचित सफल ब्यापारी, सन्चार क्षेत्रमा अमुल्य योग्दान दिने ब्यक्तिका साथै समाजसेवामा पनि उत्तिकै समर्पित थिए ।

तपाईको प्रतिक्रिया