मुख्यमन्त्री कँडेलले गरे माओवादी केन्द्रका परियारलाई विनाविभागीय मन्त्री नियुक्त


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई बुधवार विनाविभागीय मन्त्री नियुक्ति गरेका हुन् । परियार गठबन्धन घटक माओवादीका सांसद हुन् । नवनियुक्त मन्त्री परियारले बुधवार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनलाई बुधवार प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

गत चैत्र २७ गते नियुक्त भएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सत्ता साझेदार दलबिच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

मंगलवार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले शपथ लिएका हुन् । बाँकी मन्त्रीको शपथ बिहीवर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया