हुम्लामा पैदल मार्गबाट आउने सामानको मूल्य घट्यो


हुम्लामा पैदल मार्गबाट आउने सामानको मूल्य घटेको छ । जिल्लामा पैदल मार्गबाट आउने दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको हो । उद्योग वाणिज्य सङ्घ हुम्लाले बुधबारबाट लागू हुनेगरी बजारमा उपभोग्य सामानको मूल्य घटाएको छ ।

सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार प्रत्येक उपभोग्य सामग्रीको मूल्य घटाएइको छ । सङ्घको मङ्गलबार बसेको बैठकले हालको मूल्य २० प्रतिशतसम्म घटाएर नयाँ मूल्य निर्धारण गरी बुधबारबाट लागू भएको छ ।

उनले ३९ प्रकारमा दैनिक उपभोग्य सामानको मूल्य घटाइएको जनाएका छन् । पैदल मार्गबाट आउने सामानको मूल्य हवाई मार्गबाट आउने सामानकै जति मूल्य पर्ने गुनासो आउन थालेपछि सङ्घले यो निर्णय गरेको बताए ।

यो निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्ने र यसका लागि समन्वय तथा अनुगमन गर्न स्थानीय प्रशासन र गाउँपालिकालाई आग्रह गरिएको छ । पैदल मार्गबाट हुम्लामा आउने सामानको मूल्य घट्ने छ ।

दैनिक उपभोग्य सामानहरुमा धारा तेल, स्वस्तिक तेल, पिठो, चिनी, चिउरा, दुध, जिरा, धनियाँ, बेसार, तरकारी, मसाल कफी, चिया पत्ती, लुगा धुने र नुहाउने साबुन, मोटो र समिनो चामल, अण्डा, मैदा, खुर्सानी लगाएतका रहेका छन् ।

तपाईको प्रतिक्रिया