सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते


सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका–२ ठिङबाङस्थित राप्ती राजमार्ग अन्तर्गत दाङ–रूकुम सडक खण्डमा चल्ने बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिएका छन् । उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थिति स्थानीय मेडिकलमा उपचार भैरहेको बताए । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया