सम्पादकीय: प्रदेश अस्पताल नेतृत्वले जवाफ दिनु पर्दैन ?

कर्णाली प्रदेशको गर्विलो नाम हो कर्णाली प्रदेश अस्पताल जुन अञ्चल हुँदा मध्यपश्चिम क्षेत्रिय अस्पताल थियो भने प्रदेश संरचना कायम भएदेखि यो अस्पताल प्रदेश माताहतमा भएर प्रदेश अस्पताल नामाकरण गरिएको हो । जहाँ कर्णालीको सिंगो जनसङ्ख्याको स्वास्थ्य सुविधाको पहिलो आधार पनि हो ।

ठूला ठूला भवन हेर्दा भव्य देखिने त्यो अस्पतालमा हजारौं विरामीहरुले फोटो र भिडियो बनाएर चर्चित बनेको पनि छ । बाह्य स्वरुप कर्णालीभरीमा असाध्यै सुन्दर मध्येमा नै पर्छ भन्दा पनि अत्युक्ति नहोला । भौतिक रुपमा सम्पन्न र सानदार देखिने प्रदेश अस्पतालका संरचनाहरु र मेसिन उपकरणहरु पनि अत्याधुनिक नै छन् भन्ने कुरा पनि समय समयमा चर्चाकै विषय बन्छ यो कर्णाली र हामी कर्णालीबासीका लागी पनि गौरवको विषय हो ।

पहिला सानो तिनो उपचारका लागि पनि नेपालगञ्ज, काठमाडौ, लखनउँ लगायतका ठाउँमा जानुपथ्र्यो अहिले भने यि धेरै सेवाहरु प्रदेश अस्पताल सुर्खेतमै हामीले लिन सक्छौं । त्यो सुविधा छ भनेर प्रचार प्रसार पनि भएको छ । गरिबीको पर्यायवाची रहेको कर्णालीका हामी गरिव जनताका लागि यो ठूलो राहत र उपलब्धि हो ।

जो उपचार गर्न बाहिर जाने भाडा नपाएर अकालमै ज्यान गुमाउने अवस्था केही हदसम्म भएपनि कम भएको छ । तर अस्पताल जाने भनेको निको भै स्वस्थ भएर घर फर्किने आशा बोकेर अस्पतालसम्म जाने हो । सरकारी अस्पताल भएको हुँदा सुलभ पनि हुने अत्याधुनिक प्रविधिबाट उपचार÷अप्रेशन पनि हुने भएर पनि त्यस्तो केहि भै पो हाल्ने हो कि भन्ने डर नराखिकन विरामी अस्पताल पुग्छन । तर सोचेको र देखिएका भवनको सुन्दरता भन्दा कति धेरै कुरुप छ त्यहाँ भित्रको बास्तविकता भन्ने कुरा त त्यहाँ भोग्नेलाई मात्र थाहा हुन्छ न कि बाहिरबाट हो रे भनेर कुरा गर्नेलाई । हरेक दिनजसो केही न केही गुनासो हुन्छ सेवाग्राहीको ।

नाकमा मकैको दाना अड्कीएको बिरामी जो भर्खरसम्म सामान्य रहेको भर्खरै कसरी मृत्यु भयो ? अप्रेशनमार्फत सुत्केरी भएर होस आएर कुरा गरेको सुत्केरी दुखाई कमको सुई लगाउने बित्तिकै किन आईसियु हाल्नुपरो र लासलाई ८ दिनसम्म आईसियुमा राखेर अन्त्यमा मरेको नाटक ग¥यो अस्पतालले के जवाफ दिनु पर्दैन ? सामान्यतया यसरी कुरा गर्दा ज्यान गएकाको विषयमात्र चर्चा गरिन्छ यस्ता हजारौ केश हुन्छन जो विना चर्चा नै आफन्तले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान मानेर पुजिरहेका हुन्छन ।

केही बर्ष अगाडी एक जना महिलाको अप्रेसनमार्फत बच्चा निकाल्दा मुत्रनली काटेर ३ महिनाको फरकमा ३ पटक अप्रेशन गरिएको थियो के यसको जवाफ दिनु पर्दैन ? त्यहाँका कर्मचारीले गर्ने व्यवहार त झन एक पटक भोगेकाले प्राथना नै गर्छन कि यिनको अनुहार अस्पतालमा मात्र होईन व्यक्तिगत अवस्थामा पनि देख्न नपरोस् ।

छुद्र र तुच्छ बोली र व्यवहार जुन स्वास्थ्य क्षेत्रका लागि बनेकै हैनन तर तिनै शव्दहरु यति धेरै प्रयोग हुन्छन कि त्यसको जवाफ त झन कसले देओस् ।
बिरामीको आधा बिराम त उपचारमा खटिने व्यक्तिका कारण निको हुन्छ भन्ने भनाई पुरानै हो । हुन पनि हो कि हौसला र उत्साहले मान्छेलाई जुनसुकै रोगसंग लड्ने क्षमता दिन्छ ।

जसको कारण बिरामीलाई अस्पताल गएपछि मानसिक रुपमा निको हुनुपर्ने हो त्यो जुनसुकै स्वास्थ्य संस्थामा हुनु जरुरी कुरा हो । हो हुन त उनीहरु पनि सामान्य मानिस नै हुन उनका पनि मानविय समंवेग हुन्छन कहिले काही अलिक नर्मल नहुनु स्वभाविक पनि हो । तर त्यस्तो पनि हुँदैन कि त्यहाँ कुन चाँही जंगलको शेर फुत्केर आईपुगेछ अव बाँचिन्न क्यार सर्लक्कै खाने भो भन्ने हुनु हँुदैन अस्पतालका कर्मचारीलाई देख्दा र त्यहाँका हर घटना र कर्मचारीको व्यवहारको जिम्मा लिनुपर्छ अस्पताल प्रशासनले र जवाफ दिनुपर्छ हर प्रश्नहरुको ?

तपाईको प्रतिक्रिया