तेस्रो मेयर कपकाे विजेता बन्याे बनगाड वडा नं‍. एक

बनगाड कुपिण्डे नगरपालिका सल्यानकाे तीन दिन सम्म जारि तेस्रो मेयर कप २०८१ काे उपाधि वडा नं १ ले हात पारेको छ । ७ स्वर्ण १ रजत र २ कास्य सहित वडा नं १ मेयर काे विजेता वनेकाे छ ।

महिला सट्टफुट,पुरुष सट्फुट,१ सय मिटर दौड,पुरुष हाइजम्प,पुरुष फुटबल,पुरुष,व्याटमिन्टन, रस्साकस्सि लगाएतका इभेन्टमा प्रथम जित हात पारेको छ ।त्यसै गरि पुरुष कपडि,महिला रस्साकसि,दौड गरि ४ स्वर्ण ४ रजत र २ कास्य सहित वडा नं ६ उप विजेता वनेकाे छ ।

२ स्वर्ण सहित वडा नं ७ तेस्रो स्थानमा रहेको छ । महिला हाइजम्प र महिला दौडमा प्रथम र १ रजत ल्याएको छ ।महिला भलिबल तर्फ वडा नं ३ र पुरुष भलिबल तर्फ वडा नं ११ ले जित हात पारेर एक एक स्वर्ण ल्याएका छन् ।

कपडिमा महिला तर्फ ४ नं वडाले १ स्वर्ण २ रजत २ कास्य ल्याएको जनाएकाे छ । वडा ५ ले ३ कास्य,वडा ८ ले ४ रजत,१ कास्य,वडा नं १० ले १ रजत र हालसम्म कुनै पनि स्थान ल्याउन नसक्नेमा वडा नं १२ रहेको छ ।खेल अवेरसम्म सञ्चालन भएको थियोे ।

तेस्रो मेयर कप २०८१ कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि,विशिष्ट अतिथि उप प्रमुख पुरुषाेत्तम आचार्य,प्रमुख प्रशासकिय अधिकृत जगत वहादुर घर्तीले वडाका प्रतियोगि खेलाडीहरुलाइ प्रमाणपत्र,नगद पुरस्कार,मेडेल,ट्रफीले सम्मान गर्दै हस्तान्तरण गरिएको जनाएको छ।

बनगाड क्याम्पस बनगाड सल्यानकाे प्राङ्गणमा जारि तेस्रो मेयर कप प्रतियोगिताको नगर खेलकुद विकास समितिका अध्यक्ष रिम वहादुर विष्टकाे सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य शुसान्त केसिले गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया