चार दिनदेखि हवाई सेवा बन्द


चार दिनयता हवाई सेवा सुचारु हुन सकेको छैन् । हवाई सेवा अवरुद्ध हुँदा हुम्ला आउने र जाने यात्रु मर्कामा परेका हुन् ।
चार दिनदेखि हवाई सेवा बन्द रहँदा यात्रु मर्कामा परेको सिमकोट विमानस्थलले जनाएको छ । गत शुक्रबार सीता एयरको जहाजले उडान भरेयता अन्य कुनै उडान हुन सकेको छैन ।

सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सको जहाजलाई प्राविधिक समस्या आउन र अन्य निजी एयरका जहाज काठमाडौं फर्केको कारण हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा उडान हुन नसकेको बताए ।

हाल तारा, सीता र समिट एयरको जहाज हप्ताको एक दिन एउटा उडान भर्ने र फर्कने गर्दै आएका छन् । ऊ समस्या जहाज काठमाडौं फर्केको कारण भएको हो । यसबाट सिमकोटबाट नेपालगञ्ज जाने यात्रु मर्कामा परेका छन् । जिल्ला अस्पतालले रिफर गरेका बिरामीसमेत उपचार गर्न जाने अवस्था छैन । त्यसैगरी नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु पनि समस्या परेका छन् ।

तपाईको प्रतिक्रिया