चैते दशैंका दिन कर्णाली प्रदेशमा सार्वजनिक विदा नहुने


कर्णाली प्रदेशमा बैशाख ४ गते सार्वजनिक विदा नहुने भएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद् निर्णयअनुसार हरेक वर्ष चैत्र शक्ल अष्टमी चैते दशैंमा सार्वजनिक विदा दिने गरेको थियो ।

तर यो पटक चैते दशैं २०८१ बैशाखमा परेकाले सो दिन सार्वजनिक विदा नदिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

२०८० साल चैत्र मसान्तसम्म एक बर्षका लागि सरकारले प्रदेशमा लागू हुने विभिन्न सार्वजनिक विदाका लागि राजपत्रमा सूचना जारी गरेको थियो । तर चैते दशैंको तिथि यो पटक बैशाखमा परेकाले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा नरहेको शाहीले बताए ।

तपाईको प्रतिक्रिया