कर्णालीका ४२ सय घरधुरी दूषित पानी पिउन बाध्य


कर्णाली प्रदेशका चार हजार दुई सय बढी घरपरिवार खोला, नदीको दूषित पानी पिउन बाध्य छन् ।

स्रोत भएपनि उचित प्रवर्द्धन र पूर्वाधार विकाससहित स्रोत परिचालनको ठोस नीति र लगानी नहुँदा कर्णाली प्रदेशका ४२ सय घरपरिवार खोला र नदीको दूषित पानी पिउन बाध्य भएका हुन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशका १० जिल्लामा अझै चार हजार दुई सय ७६ घरपरिवारले खोलाको दूषित पानी प्रयोग गरिरहेको पाइएको छ ।

जसमा सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतका नागरिकले खोला नदीको पानी पिउने गरेका छन् । तथ्यांकअनुसार सुर्खेतका एक हजार चार सय ६८ घरधुरीले खोला र नदीको दूषित पानीको प्रयोग गरिरहेका छन् ।

मानव जीवन अभिन्न अङ्गका रुपमा रहेको खानेपानी विकासमा स्थानीय सरकार संवेदनशील हुनुपर्ने देखिएको छ । खेर गइरहेको पानीको उचित व्यवस्थापन गरी नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया