जयत पानीमा खुल्यो सुपथ सहकारी पसल


सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ मा सुपथ मुल्यको सहकारी पसल खुलेको छ । कुपिण्डे दह बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सस्तो सहकारी पसलक  बिहिवार  वडा अध्यक्ष रुद्र परियारले उद्घाटन गरेका छन् ।

सम्पुर्ण शेयर सदस्यहरु तथा ग्राहकलाई आफ्नै पसलमा कारोबार गरिदिनु हुन समेत सहकारी पसलले अनुरोध गरेको छ । हालै अर्गानिक लोकल चामल, खाद्यान्न, र शुद्ध तोरिको खाने तेल बिक्री बितरण गरिने जनाएको छ ।

बिस्तारै सबै उपभोग्य सामानको बिक्री गरिने जनाएको कुपिण्डे दह वचत तथा ऋृण सहकारीका अध्यक्ष दिपक यरिको भनाइ रहेको छ । उपभोक्तालाइ उपभोग्य वस्तु बजार मुल्य भन्दा अधिकतम कम मूल्यमा बिक्रीवितरणका लागि समेत मुल्य निर्धारण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया