कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प

कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी–१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो । तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पुर्ण रुपमा बन्द भएको बताए । उनका अनुसार सवारीसाधनहरु रोकिएका छन् ।

आवतजावत पनि ठप्प नै छ । पहिरो पन्छाउन डोजर प्रयोग भएपनि केही समय लाग्न सक्ने देखिएको छ । सवारी साधन आवागमन ठप्प भएपनि यात्रुहरु हिडेर यात्रा गर्न बाध्य छन् ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले पहिरो पन्छाउन मेसिन प्रयोग भइसकेको बताए । उनले भने, ‘पहिरो गएर सडक बन्द भएको खबर ढिलो प्राप्त भयो । खबर पाउने वित्तिकै डोजर लगाएर सडक छिटो खुलाउने प्रयास भइरहेको छ ।’

सुर्खेत र नेपालगञ्ज देखि जुम्ला सदरमुकाम खलंगातिर आउने सवारीसाधनहरु रोकिएका छन् । छिटा सडक खुलाएर यातायात सेवा सञ्चालन गर्न यात्रुहरुले माग गरेका छन् ।

यता हिमा गाउपालीका–४ स्थित जुँगाड मा सुख्खा पहिरो बाट ठुलो ढुङा आइ सडक अबरुद् भएको छ।यस्तै कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर सुचारु गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् ।

झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ । कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ ।

सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन् ।

नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ । नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ।पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ । साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ ।

कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प

‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टलाई

कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदले लिए शपथ