त्रिपुरा माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आगलागी

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । विद्युत लाइन सर्ट भएर सुरु भएको आगलागीबाट विद्यालयको चार कोठे प्रशासनिक भवन जलेर नष्ट भएको हो ।

आगलागीबाट प्रशासनिक कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए। आगो नियन्त्रणमा लिनका लागि डोजर लगाएर भवन भत्काइएको उनको भनाइ छ ।

मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

त्रिपुरा माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आगलागी

YUGAAWHAN NATIONAL DAILY (2080-10-21)

त्रिपुरा माध्यमिक विद्यालयको प्रशासनिक भवनमा आगलागी

दूषित पानी उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध