एनपीएलमा ’बेटिङ’ गरेको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारतको बिहारका चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।

उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसूरमा म्याद थपका लागि अदालत लगिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

एनपीएलमा ’बेटिङ’ गरेको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ

सर्केगाड उपाध्यक्षमा माओवादीकी तिमिल्सिना विजयी

एनपीएलमा ’बेटिङ’ गरेको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ

लुम्बिनीको माटोमा अम्लीय र क्षारीय बढ्दै