लगातार झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित


दुई दिनसम्म लगातार परेको झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघले एक सुचना जारी गरेर ‘कर्णाली एक्सपो’ स्थगित गरेको जनाएको छ ।

‘सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा मिति २०८० फागुन १५ गतेदेखि शुरू भएको तेश्रो कर्णाली एक्सपो २०८० सञ्चालनका क्रममा मिति २०८० फागुन १९ र २० गते लगातार दुई दिनसम्म परेको झरीका कारण उत्पन्न प्रतिकूल परिस्थितिका कारण एक्सपो अन्तर्गतका गतिविधिहरू सहजतापूर्वक सञ्चालन गर्न गराउन असहजता भैरहेको हुँदा मिति २०८० फागुन २१ गतेदेखि पूर्ववत रूपमा एक्सपो सञ्चालन गर्ने गरी फागुन २० गतेका लागि एक्सपो अन्तर्गत सञ्चालन हुने सांगीतिक प्रस्तुती र स्टल प्रदर्शनीसंग सम्पूर्ण गतिविधिहरू स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अवगत गराउँदै यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’ सूचनामा भनिएको छ ।

लगातार झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित

YUGAAWHAN NATIONAL DAILY (2080-11-20)

लगातार झरीका कारण ‘कर्णाली एक्सपो’ स्थगित

कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले